दोलखाको वैतेश्‍वरमा झडप, मतदान रोकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३०, शुक्रबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, काठमाडौँ । दोलखाको वैतेश्‍वर गाउँपालिकाको तीन वटा वडामा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । एमाले र कांग्रेसका कार्यकर्ताको झडप हुँदा वडा १, २ र ३ मतदान सुरु हुन नसकेको हो । वडा नम्बर १ मा एकछिन मतदान भए पनि हाल स्थगित भएको छ ।

मतदान केन्द्रमा प्रतिनिधि राख्नुपर्ने भन्दै झडप सुरु भएको गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत वशिष्ठ घिमिरेले जानकारी दिए । उनले मतदान केन्द्रमा थप सुरक्षाकर्मी मगाइएको बताए ।

मतदान केन्द्रमा आफ्नो पार्टीको मात्र प्रतिनिधि राख्‍ने विषयमा झडप भएको घिमिरेले जानकारी दिए । बिहान केही समयअघि भीडलाई नियन्त्रण लिन हवाइ फायरसमेत भएको थियो ।

मतदान प्रक्रियालाई अगाडि बढाउन सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान हुने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस